आलोक चाम्लिङको “मायाले हो” मा राजेश हमाल

शान्तिराज राई-काठमाडौ ३१ बैशाख
नेपाली सांगीतिक क्षेत्रका एक प्रतिभावान गीतकार आलोक चाम्लिङ राईले लगातार नेपाली संगीत क्षेत्रमा रहेका सबैखाले गीत संगीत प्रेमीहरुको लागि खुशिको सन्देश दिदै आएका छन् । उनको लगातार “अजम्बरी माया”, “जय जय नेपाल”, किरातीहरुको साकेला, लगत्तै चाम्लिङको गीत “मायाले हो” युट्युबमा सार्वजनिक भएकोछ ।

आलोकको मन छुने शब्द पावल चाम्लिङ राईको संगीत मनोजराज र दिपा लामाको आवाजमा रहेको गीत मायाले हो को म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन तथा शसान  कडेलको निर्देशन रहेकोछ । म्युजिक भिडियोमा पुर्वकी रानी मोडल मिना मादेन र महा नायक राजेश हमालको अभिनय देख्न सकिन्छ। निसान घिमीरेको सम्पादन रहेको यस गीतलाई रंग नेपालले सार्वजनिक गरेको हो।

“मायाले हो” बोलको गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *