इजिप्टको एउटा मस्जिदमा भएको आक्रमणमा कम्तीमा दुई सय ३५ को मृत्यु

इजिप्ट,९ मंसिर- इजिप्टको एउटा मस्जिदमा भएको आक्रमणमा कम्तीमा दुई सय ३५ को मृत्यु भएको छ । अज्ञात समूहले शुक्रबार गरेको हमलामा उनीहरूको मृत्यु भएको हो । आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन् । मस्जिदभित्र शुक्रबार प्रार्थना गरिरहेको वेला सो हमला भएको इजिप्टको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चारवटा गाडीमा आएका लडाकुले मस्जिदमा प्रार्थना गरेका व्यक्तिलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार र बम विस्फोट गराएका थिए । लडाकुहरूले आक्रमण गरेको स्थलनजिकैको बिर अल अबेद सहरमा यसअघि पनि सुरक्षाकर्मी र लडाकुबीच बारम्बार झडप हुने गरेको थियो । आक्रमणपछि मस्जिद भत्किएको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस) का लडाकुले सो हमला गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *