इटहरी बजार केहि समय तनावग्रस्त , पूर्व जर्नेल तथा माओवादीका पूर्वसांसद कुमार फुदुङले स्थानीयको कुटाइ खाए

काठमाडौं १३ असार , आफनै रिसोर्टमा काम गर्ने दुइ महिला मृत फेला परेको बारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भनेर पूर्व जर्नेल तथा माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि स्थानीयले उनको घर घेराउ गरेर केहि उनको घरभित्र पसेर उनलाई कुटपिट गरेका छन् । स्थानीयलको अन्धाधुन्ध कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको प्रहरीले उद्दार गरी उपचारका लागि लगेको छ । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।
फुदुङको घर निकै ठूलो एरियामा छ र बगौंचा पनि छ उक्त एरिया मा उनले केही समय अघि अगाडी रिसोर्ट सञ्चालन गरेका थिए । त्यसबेला रिसोर्टमा काम गर्ने रञ्जु (सूजिता) ठकुरी आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।
उनिहरुको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिए तापनि कपडा समेत नभिजेको र शरीरमा निलडाम रहेको भन्दै स्थानीयबासीले मृत्यु शंकास्पद भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *