इन्द्रेणीपोखरीमा ढाका बुनाई तालिम उद्घाटन

ईन्द्र नारथुङ्गे-फागुन २ खोटाङ,खोटाङ जिल्लाको दक्षिण-पूर्वी गाविस इन्द्रेणीपोखरीमा आज ६ महिने ढाका बुनाई तालिमको उद्घाटन गरिएको छ ।

घरेलु विकास समिति खोटाङ र गाउँविकास समितिको साझेदारीमा शुरु भएको ढाका बुनाई तालिमको उद्घाटन इन्द्रेणीपोखरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद खतिवडाले गर्नु भएको हो ।

महिला सञ्जाल इन्द्रेणीपोखरीले ब्यवस्थापन गरिरहेको तालिममा विभिन्न वडाबाट छानिएर आएका १० जना प्रशिक्षार्थीहरु सहभागी हुने छन् । सहभागीहरुलाई रामकुमारी राईले प्रशिक्षण दिनु हुने छ ।

उद्घाटन कार्यक्रममा घरेलु विकास समितिको समेत प्रतिनिधित्व गर्नु हुँदै प्रशिक्षक राईले ढाका बुनाई सम्बन्धि विविध विषयमा जानकारी दिनु भयो । ढाका बुन्नु सजिलो छैन तर भविश्य राम्रो छ भन्नु हुँदै प्रशिक्षक राईले सबै प्रशिक्षार्थीहरुलाई भविष्यमा उद्यमी बन्न शुभकामना समेत दिनु भयो । कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधिहरुले समेत सुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *