उदयपुर कांग्रेसको उम्मेदवार जिताउन रामहरि खतिवडालाई जिम्मा

शान्तिराज राई/काठमाडौं १५ मंसिर – नेपाली कांग्रेस ओखलढुंगाका उम्मेदवार तथा निवर्तमान सांसद रामहरी खतिवडा उदयपुरको चुनावी अभियानका लागि त्यस तर्फ लागेका छन् । उदयपुर क्षेत्र न २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की घाइते भएपछि कार्कीलाई सहयोग गर्न खतिवडा त्यस तर्फ लागेका हुन् ।

बम विस्फोटनमा परी उम्मेदवार कार्की घाइते भएपछि कार्कीलाई सघाउन पार्टी सभापति शेरबहादुर देउवाले खतिवडालाई जिम्मेवारी दिएका हुन् । खतिवडा उदयपुर क्षेत्र २ मा पुगेर त्यहाँका उम्मेदवार नारायणबहादुर कार्कीको नेतृत्व गर्नेछन् । नेपाली राजनीतिमा प्रखर वक्ताको रुपमा चिनिएका खतिवडा नेपाली राजनीतिमा चर्चामा आईरहने व्याक्ति हुन् । खतिवडाका स्वकीय सचिव हुकुम राईका अनुसार पार्टि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निजि निवासमा नै बोलाएर चुनावी कमाण्डको जिम्मा दिएको बताए ।

खतिवडा आफै पहिलो चरण अन्तर्गतको ओखलढुंगाको नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार हुन् । उनको गृह जिल्लामा निर्वाचन सम्पन्न भईसकेको छ । भने त्यहाँका मतदाताका भनाई अनुसार बाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार संग चर्को प्रतिस्पर्धा रहने बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *