उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना

udayapurभदौ २९  गाईघाट । उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ ।
सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको सङ्ख्यामा आ–आफ्नै अडानमा रहेका भए पनि  अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको छ ।

जिल्लालाई चारवटा नगरपालिका र छवटा गाउँपालिकामा पुनःसंचना गरेर दश स्थानीय निकाय बनाउनको लागि अन्तिम प्रदिवेदन लेखनको तयारी समेत भइरहेको छ ।

पुनःसंरचना गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले ११ निकाय, नेकपा (एमाले) ले नौवटा र नेपाली काँग्रेस पनि सातदेखि १० निकाय हुनपर्ने पक्षमा अडान राख्दै आएका थिए । यस्तै साना दल सातदेखि १३ सम्म निकाय हुनपर्ने अडानमा थिए । अन्तिममा आएर १० स्थानिय निकाय बनाउने सहमति भएको छ ।

तीनवटा नगरपालिका र ४० गाविस रहेको उदयपुर जिल्लालाई औपचारिक रुपमा दश स्थानीय निकायमा पुनःसंचना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *