उदयपुर बम बिष्फोटमा परेका घाईतेहरुलाई उपचारको निम्ति काठमाडौ लगियो

गाईघाट १३ मंसिर- चुनाव प्रचार प्रसारको क्रममा, अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कांग्रेस उदयपुरका उमेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

कटारी नगरपालिका ७ रिस्कुका नारायणबहादुर कार्की उदयश्री बहुमुखी क्याम्पस कटारी नेविसंघ सभापति कटारी ३ की २३ वर्षीया मिरा कटुवाललाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो।

विस्फोटमा परी घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

दुर्घटनमा परेका कार्कीको एउटा हात चलेको छैन् भने आँखाले समेत काम गरेको छैन्। शरीरका विभिन्न भागमा चोट लागेको छ भने, कटुवालको एउटा खुट्टाको कुर्कुचा मुनीको भाग नै नरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *