उपराष्ट्रपतिका छोरा दिपेश पुन,बाढिपिडितहरुको सहयोगमा

“तराई डुब्दा पुर्ब युवराज धिराज पारस शाह जस्तो गाँजा खाएर महलमा उपरखुट्टी लाएर बस्दानि हुन्थ्यो, अन्य प्रमुख तथा नेताखलकका सन्तानहरु त्यसरी’नि बसेका छन्।” तर तिमि भने सुनसरी पुगेर बाढी संग रुज्दै उद्दारकार्यमा किन लागेको ?

‘दिपेश’ तिम्रो भाग्यमा’नि लेखेर ल्याएको थियो, “सिहदरबारमा बसेर अरुले झैँ टिभीमा तराई चुर्लुम डुबेको दृश्य हेर्ने, पहाड खसेको पहिरो टिभीमा हेर्ने, हिमाल ढल्दा हिमनदीले विकटहरु बगाउदाको दृश्य टिभीमा हेर्ने शौभाग्यशालि युवा तिमि’नि भएका थियौ!” तर इटहरी पुगेर मरेका गाईका खुट्टा तान्न किन लागेको ?


उपराष्ट्रपति पुत्र दिपेश पुन इटहरीमा उद्दार कार्यमा

हो..! यो देशको राज्य व्यवस्थाले राजनेता र परिवारलाइ एउटा अजीवको आचरण भित्र घेराबन्दि गरेर बस्न सिकाएको छ। राष्ट्रप्रमुख तथा उनका परिवारहरु राज्यको सुरक्षा घेराभित्र काँडाले समेत कोर्न नपाउनेगरी सुरक्षित राख्ने चलनचल्ती हाम्रो देशका राजपरिवारहरुका लागि वरदान नै हो।

देशका राजनेता र उनका परिवारहरुको सुरक्षा बिषयमा राज्यको आदी ढुकुटी सिध्याउने प्रचलन एकादेशमा बाहेक संसार भरिनै छ।

खासगरि राज्य चलाउने राजा महाराजाहरुको संरक्षण जनता स्वयम हुनुपर्ने हो तर त्यसो नभएर छुट्टै भाडाका सेनाहरु प्रयोग गरेर राजपरिवारलाई सुरक्षा दिनुपर्ने स्थिति राज्य संचालनको पहिलो शर्त बनाइयो र जनताको सेवक नामक एउटा राजनितिक गुलियो ट्याग मुखमा झुन्ड्याइयो।

जुन चलन आज गणतन्त्र नेपालमा प्रत्यक नेताहरुको जीवनमा लागुहुने ब्यबस्थाको रुपमा बिकशित गराएको छ। उक्त बहु बिकशित ब्यबस्था भित्र सोफामा बसेर उपरखुट्टी लाएर देश डुबेका घटनाहरु तिमीले हेर्नुपर्ने हो दिपेश तर कोशी थुनिएर डुबानमा परेर मरेकाहरुको उद्दार गर्दैछौ किन ?

जनताबाट स्वयम् असुरक्षित महसुसगर्नेहरु बाढीले कयौ मधेशी मर्दापनि उद्दारगर्न दरबारको कथित सुरक्षा घेराले छेकेको छ। तर तिमी भने उक्त घेरालाइ हिजै देखि तोड्दै दुखिका दुखहरु उद्दार गर्न तल्लिन छौ। देशका अन्य राजनेताहरुका सन्तानहरु यसरी नै उद्दारकार्यमा जुट्ने गरेको भए, देशको नेतृत्व प्रतिको लोकप्रियता बढ्ने थियो तर आज हरेक नेतालाइ भूतप्रेतको जस्तो अनुभूत नागरिकहरु गर्दैछन्। तर तिमि भने लोकप्रियता कमाउने चेष्टा गर्दैछौ! मेरो मतलव, यो देशका राजनेताखलकमा यस्तो सुहाउदैन होला।


उपराष्ट्रपति पुत्र दिपेश पुन मधेश उद्दार कार्यमा

तर… दिपेश पुन आज डुबी रहेको बस्तिमा पुगेको छ, तिनै बस्तीको उद्दारमा तल्लिन छ।

जनमुखी हुनेकुरा बिकाश दिएर मात्र पुग्दैन, जनताको आगनमा पाइलो टेकेर सुखदुःख बुझ्नु पनि हो। यसरि नै पछिल्लो समय नयाँ पुस्तामा आश लाग्दा युवा दिपेश पुन उदाहरणीय बन्दै धेरैको मनमा आश जगाएका छन्। खासमा उनले राज परिवारको पुरानो हैकमवादी धरातल तोडेका छन्।

उनि भूइचालोले पहाड फोर्दा पहिरोले पुरिएका बस्तीहरुमा पुगेर उद्दारमा तल्लिन थिए। हिमालको खोचमा हिमनदीले बस्तीहरु पुरिदा न्यानोपन लिएर उनि त्यहाँ पुगेका थिए। कर्णालीमा राउटेहरू जाडोले कठ्याङ्ग्रिदा तातो बोकेर जङ्गल कुदेका थिए। यसपाली तराई डुवानहुँदा डुबेको बस्ति उद्दार गर्न मधेशमा पुगेका छन।

भन्नेले भन्लान दिपेशले सामाजिक संजालमा चर्चा कमाउन हो। हो…! यसरि चर्चा कमाउदा कसैको जीवनले उद्दार पाउछ भने कथित आरोप नै सहिय हुनेछ, बिरोधिहरुलाइ मिथ्यांक लाग्दा फरक पर्दैन।

खास भन्नु पर्दा, यो देशको नीति र व्यवस्थाले सिकाए अनुसार, दिपेश पुनले गर्ने यस्तो कार्य पृथक भयो। उनि महलमा बसेर आज तिनै मधेशका डुबानहरु टिभीमा नियालेर बस्नु पर्थ्यो। हिमाल खसेपनि, पहाड ढलेपनि, तराइ डूबेपनि यिनलाई बाल नहुनुपर्ने हो, जसरि अरु नेताखलकका परिवारहरु राजधानीबाट अहिले पनि चियो गरिरहेका छन्।


उपराष्ट्रपति पुत्र दिपेश पुन मधेश उद्दार कार्यमा

हामी नागरिकहरुले झेलेको दुख दिपेश पुनले नझेले पनि पुग्थ्यो। आखिर अरु नेताका सन्तानहरु देशडुब्दा पनि राज्यले ब्यबस्थित गरिदिएको महलबाट हेरेर बसेकै छन।

एउटा व्यक्ति राष्ट्रप्रमुख भयो भने, उसको लागि सुरक्षा र सुखसुविधा पहिलो अनिवार्य शर्त हो। उनीहरुका लागि पलभर पनि नछुटाईकन सुरक्षा प्रदान गर्ने सुरक्षा दस्ता हुन्छ। हिलोमा हिड्नु पर्दैन, महङ्गो गाडी छदैछ। बस्न काँडेतारले जेलिएको दिवार भित्रको महल छ। नडुबान हुने डर, न पहिरोले पुरिने डर, न जाडोले कठ्याङ्ग्रिने डर छ। यी जीवनहरु जिन्दगीमा सबथोक पुगेर ल्याएका जिबनहरु हुन्। आखिर सब चिज दिपेशले प्राप्त गरेका थिए, तर पनि सुख पाएनन किन ?

यस्तै सुरक्षा सहितको सुखसुविधा राजनेताका तिनै भाग्यमानी छोराछोरीहरुले उपभोग गर्दै आइरहेका छन्।त्यसैले त उनीहरुलाई डुबानमा डुब्नु पर्दैन, झरी बर्षादमा रुज्नु पर्दैन, पहिरोमा पुरिनु पर्दैन, थोत्रिएको घरमा चेप्पिनु पनि पर्दैन। उस्तै परे खाल्डो परेको सडकमा समेत गुड्नु पर्दैन। तर यो दिपेश भने सब चिज भोग्न तयार छन किन?

शायद, यो ब्रह्माण्ड पल्टिने भयो भने मात्र सिंहदरबारका जातिहरुको लागि त्रासदी बिषय बन्ने छ नत्र प्रकृतिले दिएका महाबिपतहरु झेल्ने जातिहरु त नागरिकहरु हुन।

तर देशको उपराष्ट्रपतिका छोरा, पारस शाह जस्तो भए गाँजा खाएर महलमा उपरखुट्टी लाएर बसेनन्, सिहदरबारमा बसेर तराई चुर्लुम डुबेको दृश्य टिभीमा हेरेर बसेनन्। त्यसैले त सबैको नजरमा दिपेश आश लाग्दा युवा बनेका छन्। सलाम छ दिपेश पुनलाई…!
पोस्टपाटि डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *