एक यात्रुवाहक विमान टर्कीमा दुर्घटना, समुन्द्र भन्दा केहि मिटर माथि मात्रै विमान अड्कियो

टर्की – टर्कीमा एक यात्रुवाहक विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खस्नबाट केही मिटरले मात्र विमान जोगिएको छ । पेगासस एयरलाइन्सको ७३७–८०० विमानमा १६८ यात्री र विमानका कर्मचारीहरु थिए । दुर्घटनामा परेको विमान टर्कीको अन्काराबाट विमान ब्ल्याक सीको तटमा बनेको ट्राबजोनमा अवतरण गरिरहेको थियो ।

रनवेमा अवतरण गर्ने वित्तिकै विमानले दिशा परिवर्तन गरेर समुद्रतर्फ मोडिएको थियो । त्यसपछि समुद्रमा खस्नभन्दा केही मिटरमाथि मात्र आएर रोकिएको थियो ।

विमानका सबै यात्रुहरुलाई सुरक्षित रुपमा उद्दार गरिएको छ । अधिकारीहरुका अनुसार घटना के कारणले भयो भन्ने जाँच भइरहेको छ । विमानमा सवार एक यात्री फातमा गोर्दूले घटना स्मरण गर्दै भनिन्, ‘हामी एकतर्फ झुकेको थियो । विमानको अघिल्लो हिस्सा तल र पछाडिको हिस्सामाथि थियो । मानिसहरु डरले चिच्याइरहेका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *