एनआरएनए अमेरिकाद्वारा करौडौको स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

१७ भदाै, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाल सरकारलाई पठाएको स्वास्थ्य उपकरण र सामाग्री बुधबार नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्री मंगलबार नेपाल आएको थियो ।

कोभिड-१९ को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले यो सामाग्री गैर आवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरू गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको पहलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरियो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा एनआरएनए सल्लाहकार कुल आचार्य, एनआरएनए उपाध्यक्ष सोनाम लामा, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक डा. केशव पौडेल, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, एनआरएन अमेरिकाका सल्लाहकार बेद प्रसाद खरेल, एनआरएनए अमेरिकाका सचिव अनुप खनाल, एनआरएनए क्यानाडाका सदस्य तुला भट्टचन,एनआरएन अभियन्ता पूर्ण चन्द्र बानिया र एनआरएन अभियान्ता पुरुषोतम ढकाल लगायतको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ लगायत नेपाललाई दुख पर्दा प्रबासमा रहनु हुने नेपालीहरूबाट प्राप्त साथ र सहयोगको प्रशंसा गरे भने गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्दीसागर सुबेदीले यो सहयोग अभियानमा हातमा हात र साथमा साथ मिलाउन जोडिनु हुने दाताहरू, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकारलाई गैरआवासीय नेपाली संघ, अमेरिकाको तर्फबाट धन्यबाद दिएका थिए । हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री तिन करोड भन्दा बढीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *