एनआरएनए आइसिसीको आगामी कार्यकालका लागि आरके शर्माद्धारा उपाध्यक्षमा उम्मेदवारी घोषणा, विभिन्न ७ आधार प्रस्तुत (अपिलसहित)

११ भदाै, काठमाठौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को २०२१–२०२३ कार्यकालका लागि आरके शर्मा राजेन्द्रकुमार शर्माले उम्मेदवार उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शर्माले गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा विभिन्न समयक्रममा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

शर्माले विगतमा मध्यपूर्व संयोजकको २ बर्षे कार्यकाल तथा आइसीसी सचिव पदमा रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसैक्रममा संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकाल २०२१—२०२३ को लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको शर्माले बताए ।

शर्माले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीका विभिन्न साता अधारसमेत प्रस्तुत गरेका छन् । सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार, राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान गर्ने भन्दै शर्माले सात आधार प्रस्तुत गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्ष पदको उम्मेदवार म आरके शर्मा (राजेन्द्रकुमार शर्मा)को अपील
आदरणीय गैरआवासीय नेपाली अग्रज,दाजुभाई तथा दिदीबहिनीहरु,
सर्वप्रथम, म यहाँहरु सबैमा नेपालीहरुको नजिकिदै आएका महान चाडपर्वहरुको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । यो अवसरमा म समस्त नेपाली र विश्वभर विभिन्न क्षेत्रमा क्रियाशिल मेरा गैर आवासीय अग्रज तथा मित्रजनहरुमा सुस्वास्थ्य, दीर्घायू तथा निरन्तर प्रगतिको कामना गर्दछु । कोभिड महामारी अझै साम्य नभएकाले सबैमा स्वास्थ्य सावधानी अपनाउन र सजक रहन हार्दिक अपील गर्दछु ।

विश्वभर छरिएर रहेका नेपालीमनहरुलाई एकताबद्ध गर्दै मातृभूमी नेपालको विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १८ बर्ष पुगिसकेको छ ।

यो यात्रालाई सफलतापूर्वक यहाँसम्म ल्याई पु¥याउन हाम्रा अग्रज तथा तपाईहरु सबैको लगाव र समर्पणले सम्भव भएको हो । सबैको साझा प्रयासले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीको साझा संस्थाकोरुपमा विकास भएको छ । ८० भन्दाबढि देशमा औपचारिक सञ्जालको विस्तार गरेर एनआरएनए वास्तवमै जुनसुकै भुगोलमा रहने नेपाली मनहरुको साझा संस्था बनेको छ ।

गैरआवासीय नेपाली संघको ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित चलेको अभियानमा म विभिन्न समयक्रममा यहाँहरुको विश्वासमा नेतृत्वमा रहेर समेत जिम्मेवारी निर्वाह गरेको छु । मध्यपूर्व संयोजकको २ बर्षे कार्यकालको अवधि होस् या आइसीसी सचिव पदमा रहेर यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकाल २०२१—२०२३ को लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।

म मध्यपूर्व संयोजक हुँदा होस् या आइसीसी सचिव हुँदा हामीले एनआरएन अभियान र सरकारले चाल्नु पर्ने कदम तथा दीर्घकालिनरुपमा अपनाउनु पर्ने पोलिसीका विषयहरु निरन्तर उठाइ रहेका छौं । केही विषयहरु संवोधन भए पनि हामीले उठाएका केही मुद्धाहरुलाई स्थापित गर्न अझै सकेका छैनौ । सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउँदै श्रमिकहरुको सम्मान र देश विकासको रामवाण रेमिट्यान्सको सही सदुपयोग अझै हुन सकेको छैन । एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने मेरो अभियान छ । मेरो तन,मन र धन सदैव एनआरएन अभियानमा समर्पित रहने ब्यहोरा हार्दिकताका साथ अनुरोध गर्दछु ।

विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । एनआरएनको यो अभियानलाई थप उचाईमा पु¥याउन सतप्रतिशत प्रतिबद्धत रहेको जानकारी गराउँदछु ।

उपाध्यक्ष पदमा मेरा ७ आधार
१, सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार : वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन ।

देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो ।

२, गैरआवासीय नेपाली नागरिकता : सन् २००५देखि हाम्रो माग गैरआवासिय नेपाली नागरिकताको निरन्तता अझै टुंङ्गोमा पुगेको छैन । २०७२ को संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक विचाराधिन छ । कानुन ल्याई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न मेरो उम्मेदवारी हो । त्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउनका लागि मेरो उम्मेदवारी हो ।

३, रेमिट्यान्सको सही सदुपयोग र लगानी : विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।

साथै विदेशी लगानी नेपाल भित्र्याउन र विदेशमा रहेका आम एनआरएनहरुको सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितता गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

४, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन : पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै, एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो त्यसैले विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्नेछु ।

५, एनआरएनमा सबैको स्वामित्व : एनआरएन धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै सम्पुर्ण विदेशमा रहनुभएका नेपालीहरुको साझा संस्थाकारुपमा विकास गर्ने लक्ष्य मैले लिएकोछु । मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने कार्यको शुरुवात गर्नेछु । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु ।

६, गोर्खाजको सम्मानित अधिकार : दुईसय वर्ष अगाडिदेखि नेपालीहरुको बिरताको गाथारुपमा चिनिएका गोर्खाजहरु संसारभरि फैलिएका छन् । उहाँको अधिकारको लागि आमरण अनसन तथा आन्दोलन गर्नु परिरहेको छ । उहाँहरुको समान हक र अधिकारको लागि मैले आफ्नो अर्को मुद्धा बनाएको छु ।

७, राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान : आजसम्म एनआरएनएले आफ्नो अभियानमा धेरै समय तथा स्रोत साधन मानवीय कार्यमा केन्द्रित गरिरहेको छ । आगामी दिनहरुमा यसका अलावा एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन पहल गर्नेछु । गैरआवासीय नेपालीहरु विदेशमा दक्ष काम गरिरहनु भएको छ, हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर भोलिका दिनमा नेपाली दक्ष तथा विज्ञ नेपालीहरु विदेशमा होइन नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजनाहरु ल्याउन मैले विशेष पहल गर्नेछु ।

माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी उपाध्यक्षको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु । अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन्, त्यसकै बलमा एनआरएन अभियानलाई अझ उचाईमा पु¥याउन सधै प्रतिवद्ध रहनेछु ।
धन्यवाद सहितआरके शर्मा (राजेन्द्रकुमार शर्मा) उम्मेदवार उपाध्यक्ष (२०२१—२०२३) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *