एनआरएन मलेशियाको सदस्य पदमा बल बहादुर राईको उम्मेद्वारी

मलेशिया ६ भदौ- एनआरएन मलेशियाको सदस्य पदमा बल बहादुर राईले उम्मेदवार दिएका छन् । यही अगस्ट २७ मा हुन गईरहेको एन आर एन. मलेसियाको पाँचौ अधिवेशनको लागि बलबहादुर राईले उम्मेदवारी दिएका हुन् ।

बलबहादुर राई विगत लामो समय देखि मलेशियामा रहेर सामाजिक कार्यमा सक्रिय रहेका छन् । प्रवासमा रहेका नेपालीहरुको हकहितको लागी आफू सधै लडिरहने बताएका छन् बलबहादुर राईले ।

मलेशियामा हजारौ नेपालीहरु बिचल्ली हुने गरेकोले, त्यस्ता नेपालीहरुको लागि उद्धार गर्न आफू कहिल्यै पनि पछि नपर्ने सूचना खबरलाई बताएका छन् । बलबहादुर राईले, नेपालको ग्रामिण भेगमा स्वास्थ्य, शिक्षाको लागि सुधारको लागि आफूले काम गर्ने बताउछन् ।

बलबहादुर राई सामाजिक अभियन्ता मात्रै हैनन्, उनि एक कुशल गीतकार पनि हुन् । उनि मलेशियाको जोहर क्षेत्रमा आफ्नै व्यापार व्यवसाय संचालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *