एफ्सी केन्ट गोर्खा भेटरेनले च्यारीटी डिनर नाईट हुने

सुरेन्द्र इङ्नाम / केन्ट वेलायत २० मंसिर– एफ्सी केन्ट गोर्खा भेटरेन बेलायतले नेपालमा गएर च्यारिटी फुटबल खेल्ने योजना गत २३ जुलाई २०१७ को दिन बनाए लगत्तै रकम संकलनको लागी मेडिस्टन, बेलायतमा यहि आउदो ८ डिसेम्बर २०१७ को दिन एक च्यारीटी डिनर नाईटको आयोजना गरेको हो ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।

यहि आउदो फरवरी २० देखि ९ मार्चभित्र काठमाण्डै र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफर ट्रस्ट नेपाल सँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताउनु भएको हो । फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा गर्ने योजना अनुसार गत २ डिसेम्बर २०१७ को साँझ आशफोर्डमा पहिलो फण्ड राईजको लागी डिनर नाईट गरि सकिएको जानकारी ट्रेनिङ् कोच लोक चेम्जोङ्ले बताउनु भयो । क्लबको पुर्बयोजना अनुसार आशफोर्डको डिनर नाईटको लागी सम्योजकमा टिमकोच पदम योङ्हाङ, मेडिस्टनको लागी लोक चेम्जोङ् र फक्सटनको लागी स–प्रवन्धक भास्कर राइलाई जिम्मा दिईको हो ।

आशफोर्डमा भएको पहिलो फण्ड राईजको लागी डिनर नाईट बाट सोचे भन्दा धेरै सहयोग जुटेका र अब आउने २ ठाँउको डिनर नाईटहरुबाट पनि उत्तिनै सहयोग जुटाउनका लागी मेडिस्टन र फक्सटनवासी नेपालीरुमा उक्त साँझ आएर सहयोग गरीदिनु हुन विनम्र अनुरोध पनि प्रवन्धक बुद्धी सुनुवारले गर्नु भयो, यस्का लागी विस्तृत जानकारी लिनका लागी बुद्धी सुनुवार र लोक चेम्जोङलाई सम्पर्क गर्न सकिने ब्यहोरा पनि अवगत गराउनु भयो ।

बेलायत र नेपालका २ ठाँउहरुमा खेलिएको खेलबाट उठेको रकमलाई काठमाण्डौमा गोर्खा वेलफर ट्रस्ट नेपालको माताहतबाट अनाथ बालबालिका तथा बाल आश्रमलाई दिने र पोखरामा साहारा यूथक्लबलाई हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको पनि प्रवन्धकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *