एभरेष्ट आईडलको पहिलो अडिसन राउण्ड आशफोर्डमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत- गत २३ जुलाई २०१७ को दिन बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित पहिलो “एभरेष्ट आईडल यू के” को पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ ।

गएको केहि महिना अगाडी मात्रै ई–मेडिया हबले आयोजना गरेको भब्य सफल साङ्गेतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” पछिको यस एभरेष्ट आईडल २०१७ लाई बेलायतको आशफोर्ड केन्टबाट अडिसन राउण्ड सुरु गरिएको हो । यस कार्यक्रमका लागी हेड अफ प्रोजेक्ट किसन राई रहेका छन, वहा यस कम्पनीको चिफ ईन्टरट्रेटमेन्ट डाईरेक्टर पनि हुन । अत्याधिक सहभागीहरुको सहभागिता रहेको यस पहिलो अडिसन राउण्डमा उत्साहित सहभागिहरुले उत्कृस्ट प्रस्तुति दिदै निर्णायक मण्डलहरुको मन जितेर २७ जना दोस्रो राउण्डको लागी प्रबेशपत्र पाउन सफल भए ।

“एभरेष्ट मेडिया हब लिमिटेड यूके”को यस ऐतिहासिक कार्यक्रमको निर्णायक मण्डलमा क्रमशः सर्मिला बर्देवा, सितु खरेल, बि सी राई र सेलिब्रेटी गेष्टमा रेवत राई रहनु भएको थियो । निर्धारित समयमै कार्यक्रम सुरु भएतापनि सोचे भन्दा धेरै सहभागिहरुको चापले गर्दा दुई घण्टा समय थप्नु परेको थियो । यस अडिसन पश्चात बेलायतको अन्य ठाँउहरुमा अडिसन लिएपछि सेमि फाईनल सेप्टेम्बर ९ तारीखको दिन आशफोर्डमा गरिने र “एभरेष्ट आईडल यू के” को फाईनल आउदो अक्टुबर २८ तारिखको दिन अल्डरसटको ईम्पायर हलमा गरिने आयोजक टिमले जानकारी दिएका छन ।

दिउसोको ३ बजे सुरु भएर साँझको १० बजेसम्म चलेको यस कार्यक्रमलाई नबराज राई र मिस यूके नेपाल २०१४ कि नेहा देवानले सँयुक्त रुपमा सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *