एमालेको कार्यक्रममा झडप, एक जना युवकको मृत्यु

फागुन २३ सप्तरी, मधेशी मोर्चा कार्यकर्ताको प्रहरीसँगको झडपमा एक जना युवकको मृत्यु भएको छ । एमालेको सभा सकिएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा सप्तरीको मेलठ गाविस–२ का २२ वर्षीय सञ्जन मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोली मेहताको टाउँकोमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले गोली चलाएपछि अहिले राजविराजको स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले एउटा मोटर्साइकलमा आगजनी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *