एमालेको क्षेत्रीय कार्यालय लहानमा तोडफोड

फागुन २४ सिरहा- संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले लहान नगरपालिका वडा नं. १ मा रहेका एमालेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका छन्।

सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि सिरहा मधेसी मोर्चाका कार्यकर्ता आक्रोशित छन्। मोर्चाले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानदेखि सवारीसाधन चल्न सकेको छैन। मोर्चाका कार्यकर्ताहरुले एमालेविरुद्ध नाराबाजीसमेत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *