एमालेको भोलि हुने चियापान कार्यक्रममा क-कसलाई बोलाइयो ?

असोज २८ काठमाडौ,नेकपा एमालेंले विजयादशमी, दीपावली र छठ पर्वका अवसरमा भोलि असोज २९ गते आयोजना गर्ने चियापान कार्यक्रमको तयारी अन्तिम तयारीमा पुगेको जानकारी छ ।

चियापानका लागि एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लगाय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई निम्तो गरिएको एमालेले जनाएको छ ।

पार्टीका सचिव योगेश भट्टराईले पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मी लगायत पार्टी कार्यकर्तालाई निमन्त्रणा कार्ड पठाइसकिएको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

चियापान कार्यक्रम,पार्टीको केन्द्रीय कार्यालय,धुमबाराही अगाडि रहेको शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म हुने जानकारी दिएको छ ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले स्वागत गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *