एमालेको मेची-महाकाली राष्ट्रिय अभियान भुमही पुग्यो

फागुन २९ काठमाडौ,बुधबारदेखि फेरि मेची–महाकाली अभियानलाई निरन्तरता दिएको नेकपा एमाले अहिले भुमहिमा कार्यक्रम भई रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रुपन्देही बन्दको आह्वान गरे पनि बन्दको खासै प्रभाब देखिएको छैन ।

भुमहिको कार्यक्रम पश्चात भैरहवाको कार्यक्रममा एमालेको मेची-महाकली राष्ट्रिय अभियान पुग्ने जनाईएको छ ।भैरहवामा अपरान्ह आमसभा समापनपछि पछि बुटबलमा पुगेर बास बस्ने कार्यक्रम रहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले भैरहवामा आयोजित सभालाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि सम्बोधन गर्दैछन् । एमालेले भैरहवामा आयोजना गरेको सभा अहिलेसम्मकै ठूलो सभा हुने दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *