एमालेले गर्यो मौन अबधि पत्रकार सम्लेन ओलीले भने ‘ देउवाको सरकारलाई सद्दाम हुसेनको सरकार’

काठमाडौं ११ असार – निर्वाचन आयोगले राजनीतिक दल हरुलाई पूर्णरुपमा आचारसहिता पालना गराउने र नगरे कारबाही गर्ने भनिरहदा निर्वाचन आयोगले तोकेको मौन अवधीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी ओलीले बर्तमान सरकारमाथि कठोर हमला गर्दै ओलीले वर्तमान सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेका छन् ।आजै एमाले पार्टी निकट प्रेश चौतारी नेपालले काठमाडौमा गरेको अन्तरसम्बाद कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा गरेका हुन् । उनले सरकारले हत्यारा र अपराधिलाई सजाय दिनुको साटो फुलमालाले स्वागत गर्दै अपराधिक क्रियाकलापमा लाग्न प्रेरित गरेर तानाशाही बन्न खोजेको आरोप लगाए ।

बर्तमान गठबन्धन सरकारका र निर्वाचन आयोगका कामकारवाहीप्रति तिब्र असन्तुष्टि जनाउदै ओलीले  अवको दुई दिनपछि हुने स्थानीय तहको निर्वाचन भयरहित बातवरणमा सम्पन्न गर्ने प्रमुख दायित्व सरकारको हो त्यसमा ध्यान दिने कि भन्दै  प्रश्न गरे । उनले भने ‘यो निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई मजबुद बनाउने भएकाले पनि तमाम मतदाता सहभागि हुन्छन् । शान्तिपुर्ण निर्वाचन हुनुपर्छ भन्ने सवैको चाहाना छ । यो चाहाना पुरा गर्ने सवैभन्दा बढि जिम्मेवारी सरकारको  हो ।’ अध्यक्ष ओलीले यसका लागि सवैको सहयोगको खाँचो रहेको पनि बताए ।

लोकतान्त्रिक मुलुकमा सरकारलाई निर्देशित गर्ने र खबरदारी गर्ने काम जनताको हो भन्दै ओलीले निर्वाचन आयोग र सरकारको  व्यवहारमै स्वतन्त्रता र निश्पक्षता देखिनु पर्ने बताए । निर्वाचन शान्तिपुर्ण, स्वतन्त्र र निश्पक्ष बनाउन एमालेले सदैव सहयोग गर्ने र कुनै किसिमको दवाव नदिने ओलीको भनाई थियो ।

‘निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुले पनि निश्पक्ष काम गरुन् भन्ने एमालेको अपेक्षा हो । निर्वाचनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीमको भुमिका एमालेको पक्षमा होस भन्ने होइन, राज्यका साझा संयन्त्र एमालेले सरकारमा हुँदा र प्रतिपक्षमा हुुँदा पनि आफ्नो अनुकुलमा प्रयोग गरेन र गर्दैन ।’ निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अनुगमनकर्ताहरुलाई पनि आफ्नो भुमिका निश्पक्ष बनाउन ओलीले आग्रह गरे । उनले भने ‘ निर्वाचन परिणाम प्रभावित पार्ने वा स्वच्छतालाई दुषित गर्ने काम कसैबाट नहोस् ।’

सत्तारुढ दलहरु तानाशाही बन्न खोजेको दृश्टान्त प्रश्तुत गर्दै अध्यक्ष ओलीले तानाशाहीतन्त्रले अस्थिरता र अराजकता बढ्ने भन्दै त्यस्तो तन्त्र कति पनि नटिक्ने  दावी पनि गरे ।
तेस्रो चरणको निर्वाचनलाई राष्ट्रिय एकताविपरित र जननिर्वाचित प्रतिनिधिका अधिकार कुण्ठित गर्ने काम गरिए त्यो मान्य नहुने ओलीले चेतावनी दिए । उनले संविधान संशोधन गर्ने गरी प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको कपाली तमसुक एमालेले पुरा गर्न नदिने चेतावनी दिए ।

‘निहु खोज्नका लागि चरणचरणमा निार्वचन साने काम भएको छ ,बेठिक मनसाय हो, यस्ता देश अघि बढ्न नदिने हानिकारक उदेश्य एमालेले पुरा हुन दिदैन, एमाले जिउँदै छ’ अध्यक्ष ओलीको भनाई थियो । संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने भएपनि जर्वजस्ती गरे त्यो एमालेका लागि सैह् नहुने ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *