एमालेले संसदमा संविधान संशोधन विधेयक अघि बढ्न दिने

फागुन ११ काठमाडौ,प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधेयकको अन्तरवस्तुमा विरोध कायमै राख्दै,संसदमा संविधान संशोधन विधेयक अघि बढ्न दिने भएको छ ।

संसदको आजको बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची छ । स्रोतका अनुसार यसमा एमालेले विरोध गर्ने छैन । यसबारे औपचारिक निर्णय गर्न एमालेले अहिले बैठक बोलाएको छ ।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि एमालेले संशोधन अघि बढ्न दिने संकेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *