एमाले नेतालाई सप्तरीमा कालोमोसो दलियो

फागुन २० सप्तरी,सप्तरीमा एमालेको जिल्ला सदस्य प्रताप नारायणलाई कालो मोसो दलिएको छ । मोर्चाका कार्यकर्ताले शुक्रबार चौधरीलाई राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् । चौधरीलाई मालोमोसो दल्न शुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए ।

शनिबार देखि एमालेको मेचीकाली अभियान सुरु हुदैछ । यसका लागि एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको छ ।

मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरेका छन् । यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा पनि झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *