एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टि नेपालको ६ बुदे सहमति

काठमाडौ १७ असोज- एक्कासि भएको ३ दलको चुनावी तालमेल र पार्टि एकताको तयारीलाई धेरैले अप्रत्यासित मानेका छन् । राष्ट्रिय सभा गृहमा आज भएको चुनावी तालमेल र पार्टि एकताको तयारी कार्यक्रम सम्पन्न हुदा माओवादी केन्द्रका धेरै कार्यकर्ताहरु भने अशन्तुष्ट देखिएका छन् कार्यक्रममा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहित ६ बुँदे सहमति भएको छ ।

कम्युनिष्ट विचार धाराका (माक्सवाद लेलिनवाद र माओवाद) यी तिनै पार्टि भएपनि पहिचानवादी माओवादी केन्द्र र पहिचान बिरोधि नेकपा एमाले , जस्तै देखिएको थियो । नेपालमा २, वा ३ पार्टि भए पुग्ने राजनीतिक विश्लेषकहरु बताईरहदा तिन पार्टीबीच एकता भएको हो । २ वा ३ पार्टि मात्रै भए, नेपाली राजनीतिमा बहुमतको सरकार गठन हुन सक्ने र पुरा कार्यकाल सरकार चलाउन पाउने देखिन्छ ।

आज भएको कार्यक्रममा, प्रचण्ड, केपी ओली र बाबुराम भट्टराईको मुहार चम्किलो देखिए पनि अन्य नेताहरुको मुहार खासै चम्किलो नदेखिदा पार्टी एकता लगत्तै पुनः पार्टि विभाजन हुने त हैन ? भन्ने आशंका पनि देखिएको थियो ।

तिन दलको घोषणा पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *