एमाले-माओवादी संयुक्त कार्यदलको बैठक आज

काठमाडौं २८ पुस- प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्ने अख्तियारी पाएको एमाले–माओवादी संयुक्त कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन तयारी, उम्मेदवार छनोटलगायत विषयमा छलफल गर्न कार्यदलको पहिलो बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले कार्यदल पार्टी एकताभन्दा पनि यसको साझा उम्मेदवार छनोट गर्ने गृहकार्यमा केन्द्रित हुने बताइएकाे छ ।

एमाले–माओवादी एकता संयोजन समितिको पुस २५ गते बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *