एमाले रौतहटका नेताद्धारा राजिनामा

रौतहट,९ असोज- चुनावमा नराम्रो संग हार बेहोरेपछि नेकपा एमालेका एक नेताले राजिनामा दिएका छन्जि । जिल्ला कमिटिकै कारण रौतहटमा एमालेका उम्मेदवारले हार भएको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटि सदस्य तथा चन्द्रपुर नगर सह ईन्चार्ज अच्युत हुमागाईले पदबाट राजिनामा दिएका हुन् । अच्युत हुमागाईं पार्टीको जिल्ला सदस्य र नगर सह इन्चार्जबाट रहेका थिए ।

चन्द्रपुर नगरपालिकाको निर्वाचनमा एमालेका उम्मेदवार ८ सय मतले पराजित भएपछि उनले त्यसको दोष जिल्ला कमिटिका सदस्य तथा पदाधिकारीलाई लगाउदै पार्टीबाट राजिनामा दिएका हुन् । यस्तै अर्का एमाले जिल्ला कमिटि सदस्य नन्दलाल साहले समेत पार्टीबाट राजिनामा दिएका छन् । नेकपा एमाले चन्द्रपुरका मेयरका उम्मेदवार हराउन पार्टीका जिम्मेवार व्यक्ति नै सक्रिय रहेको उनीहरुले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *