एमाले संग पार्टी एकताको प्रस्तावमा कुनै सत्यता नभएको : हिशिला यमी

इन्द्र कुमार राई (जिजीबिषा) / काठमाडौ २०७४ – ९ भदौ । केहि अनलाईन समाचारहरुमा पार्टी एकताको प्रस्ताव लिएर हिशिला यमी ओलीलाई भेट्न ओली निवास पुगिन भन्ने समाचारको नेत्री हिशिला यमीले खण्डन गरेकी छन् । उनले यो कुरालाई खण्डन गर्दै यो कुरामा कुनै सत्यता नरहेको भन्दै हल्लाको पछि नलाग्न अनुरोध समेत गरेकी छन् । एमाले संग पार्टी एकता हुन नसक्ने हिशिला यमीले सूचना खबरलाई बताएकी छन् ।

नयाँ शक्ति पार्टी बाट असन्तुष्ट हुदै पार्टी छोडेर माओवादी केन्द्रमा गएका देबेन्द्र पौडेल, रामचन्द्र झा लगायतको नेताको प्रसंगमा भने, राजनीतिमा यतो त भई नै रहन्छ । पुराना पात झर्दै गर्छ नयाँ पात पलाउदै गर्छ भन्दै, भर्खरै जन्मिएको पार्टीमा ठूलै आश गरेकाहरु आफ्नो स्वार्थ पुरा नभएपछि पार्टी छोडेर जानेहरुलाई केहि नभन्ने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *