एसएण्डबि ग्रुपले,एसएण्डबि सपिङ डट कमको थालनी गर्‍यो

माघ २६ मलेशिया, एसएण्डबि ग्रुपले व्यापार व्यवसायलाई पूर्णरुपमा अनलाइन र अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले एसएनबी सपिङ डट कमको थालनी गरेको छ । शहरमा उपलब्ध हुने सबै किसिमको सामाग्री देखि कृषिजन्य उत्पादनहरु समेत यस अनलाईन मार्फत विक्री गर्न सकिने जनाइएको छ ।

विश्वमा मानिसहरु जतिजति व्यस्त हुदै जान्छन, अनलाईन व्यापार पनि फस्टाउदै गएको उद्हारण थुप्रै छन् । यस प्लेटफर्मबाट एक व्यवसायीले अर्को व्यवसायी तथा एक ग्राहकले अर्को ग्राहकसंग मात्रै नभएर व्यावसायी र ग्राहकबीच खरिदविक्री र अन्य धेरै फाइदा लिन सक्नेछन् ।

‘नेपालमा सामान विक्रीकालागि पसल वा स्वरुम राख्ने चलन प्रख्यात छ । त्यस पसलमा आवतजावत गर्ने बाहेकले त्यस पसलबारे जानकारी पाएको हुदैन’, एसएण्डबि कम्पनीका अध्यक्ष विश्व राईले भने, ‘तर, अनलाईन सपिङ एउटा त्यस्तो प्लेटफर्म हो जसले कसैको व्यापार व्यवसायलाई राती सुतेको अवस्थामा पनि प्रबर्धन गरिरहेको हुन्छ ।’ यो एउटा बिजनेश प्लेटर्फम मात्रै नभएर विभिन्न सूचना दिने ठाउँ पनि बन्ने छ । विशेषगरी नेपालमा रहेकाहरु मात्रै नभएर विश्व बजारमा भएका सामाग्रीलाई छिटोभन्दा छिटो नेपाल भित्र्याउने लक्ष्य पनि यस अनलाईनको छ, अध्यक्ष राईले भने ।

कोठामै बसेर पनि आफ्नो ब्यपार बढाउन सक्ने भएको हुदा नेपालमा पनि यसको सुरुवात गरिएको हो । विक्री गर्न चाहनेले आफ्ना वस्तुहरुको मूल्यसहित विस्तृत विवरण राख्नुपर्नेछ । किन्न चाहनाले आईपे, इसेवा, पेपल, भिसा र मास्टर कार्डबाट अनलाईनमार्फत पेगरी सामाग्री खरिद गरेमा एसएण्डबि सपिङले ग्राहकको घरैसम्म उक्त सामाग्री पुर्‍याई दिने छ । विशेषगरी यस अनलाईनले मौसम अनुसारका उत्पादन, बस्तु र विभिन्न सामाग्रीलाई प्रोत्साहन गर्दै लैजाने सोच बनाएको अध्यक्ष राईले जानकारी दिए ।

अहिले यस अनलाईनमा जाडो मौसमको जुत्ताहरु विभिन्न ब्राण्ड वा कम्पनीका उपलव्ध गराई राखेको छ । जस्तै ब्राण्डेड जुत्ताहरु एडिडास, नाईक, पुमा, एन्टादेखि लिएर नेपाली बजारमा पाईने जुत्ताहरु पनि अन्तरास्ट्रिय बजारमा उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *