“ए हौ ठूली हौ ठूली”को छायांकन सम्पन्न, रेखा फागो र निराजनको दमदार अभिनय

ईन्द्र जिजीबिषा/काठमाडौ – “ए हौ ठूली हौ ठूली” गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गायिका मिलन अमात्यको अन्तिम सटलाई ओके गरेर “ए हौ ठूली हौ ठूली” को छायांकन सम्पन्न गरिएको हो ।

नेम खापुङ्ग लिम्बुको शब्द रचना रहेको उक्त गीतलाई टेकेन्द्र याक्सोले एरेन्ज गरेका हुन् । यो गीतमा लक्ष्मण हुक्पा चोङ्गवाङ्ग लिम्बुको संगीत रहेको छ भने गायिका मिलन अमात्य र लक्ष्मण हुक्पा चोङ्गवाङ्ग लिम्बुकै स्वर रहेको छ ।

छायांकन सम्पन्न भएको उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेको हुन् भने लोकेन साँवा लिम्बुले निर्देशन गरेका छन् । अहिलेकी चर्चित नायिका/मोडेल रेखा फागो र नायक/मोडेल निराजन प्रधानको अभिनय रहेको यो गीतमा नृत्य दिनेश लिम्बुको रहेको छ । यो गीतको म्युजिक भिडियोमा गायिका मिलन अमात्य र गायक लक्ष्मण हुक्पा चोङ्गवाङ्ग लिम्बुको लिप सिङ्ग पनि रहेको छ । म्युजिक भिडियो भने अब चाडै बजारमा ल्याउने निर्माण पक्षले जनाएका छन् । यो म्युजिक भिडियोको निर्माताहरुमा छत्र खापुङ (हङकङ ) र नेम खापुङ (युके) रहेका छन् भने नेपालमा यसको सम्पुर्ण जिम्मेवारी देबेन्द्र खापुङ्ग सुर्केलीले लिएका थिए ।

म्युजिक भिडियो छायांकनको समयमा भएका केहि रमाईला क्षणहरु यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *