ऐसेलु खर्क गाउपालिकामा कांग्रेस अगाडी र खार्मिमा संघिय समाजवादी र कांग्रेस अगाडी

खोटाङ्ग १५ असार, खोटाङ्ग जिल्लाको ऐसेलु खर्क गाउँ पालिकाको अहिलेको ताजा मत परिणाम बाहिर आएको छ । अहिले यो समाचार तयार पार्दा सम्म नेपाली कांग्रेसले अग्रता लिएको छ ।

ऐसेलु खर्क गाउँ पालिकाको ७०० मत गणना हुदा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवारलाई २५४ र उपाध्यक्षलाई २३३ मत गएको छ । यस्तै एमालेको तर्फबाट अध्यक्षलाई २०९ र उपाध्यक्षलाई २५७ मत आएको छ ।तेस्रो स्थानमा पछ्याई रहेको माओवादीको अध्यक्षलाई १३९ र उपाध्यक्षलाई १५७ मत देखिएको छ ।

यस्तै रुपाकोट मझुवा गढि अन्तरगत खार्मिमा नेपाली कांग्रेस नेपाली कांग्रेस ३६ एमाले १७ माओवादी ३८ रुपाकोट मझुवागढी वडा नं ६ नेर्पामा नेपाली कांग्रेस २६ एमाले ११५ र माओवादीको ८३ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *