ओखलढुंगाको खिजिफलाटे ईलाका प्रशासन कार्यालय ६ महिना देखि ठप्प

माघ ७ काठमाडौ,कार्यालय प्रमुख नहुँदा ओखलढुंगाको खिजिफलाटे स्थित ईलाका प्रशासन कार्यलयबाट प्रबाह हुने सेवा ६ महिना देखि ठप्प भएको छ । कार्यालयका कायम मुकायम प्रमुखको जिम्मेवारी सम्हालेका तिर्थ बहादुर खड्काले उमेर हद म्यादका कारण गत भदौमा अवकास पाएसंगै इलाका प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो ।

कार्यालय बन्द हुँदा सो क्षेत्रका सर्बसाधारण मारमा परेका छन् । कार्यालयमा कर्मचारी नहुदाँ त्यहाँका सर्वसाधारण प्रशासनिक कामका लागि चार दिन लगाएर सदरमुकाम धाउन बाध्य बनेका छन् । जिल्लाको ईलाका नम्बर ६ अन्तरगतका खिजिफलाटे, खिजिकाती, खिजिचण्डेश्वरी, रगनी, रावादोलु र भूसिंगा लगायत ६ गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनीक सेवा दिन सो स्थानमा ईलाका प्रशासन कार्यालयको स्थापना गरिएको थियो ।

जिल्लाको पश्चिमी भेगका जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ साल बैशाख २३ गते खिजीफलाटेमा ईलाका प्रशासन कार्यालको स्थापना गरिएको भए पनि स्थापना भएको ६ महिना नबित्दै कर्मचारी अभावमा बन्द हुँदा त्यस क्षेत्रका सर्बसाधारणलाई पुरानै सास्ती दोहोरिएको छ ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले भने गृहमन्त्रालयमा पत्रचार गरिसकिएको भएपनि कहिले कर्मचारी पदपुर्ती हुन्छ र सेवा सुचारु हुन्छ भन्ने विषयमा यकिन नभएको बताएका छन् । कार्यलयमा कर्मचारी नहुँदा सर्बसाधारणले सदरमुकाम धाउनु पर्ने बाध्यता रहेका बेला प्रजिअले भने यस्तो जवाफ दिएको हो । अहिले जिल्ला प्रशासन कार्यलय ओखलढुगामा भने प्रमुख जिल्ला अधिकारीसँगै एकजना पदस्थापन र काजमा गरी दुई सहायक प्रजिअ कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *