ओलीको गृह नगरमा राप्रपाको जित

दमक १८ असार- झापाको दमक नगरपालिका १ र २ का आज बिहान सम्पन्न वडाको मत परिणामअनुसार दमक १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र दमक २ मा एमालेले जित हासिल गरेको छ ।

दमक १ मा ७ मतान्तरले राप्रपाका ताराप्रसाद अधिकारी विजयी भएका छन । दुई दिनअघि सम्पन्न वडाको परिणाममा एमाले र राप्रपाको ८०१ बराबरी मत आएको भन्दै पुनः गणना भएको थियो । त्यस वडाको परिणाम राप्रपा, काँग्रेस, माओवादीले निष्पक्ष नभएको भन्दै वडाको मतगणना पुनः गर्न माग गरेका थिए ।

राप्रपाबाहेक अन्य वडा सदस्यहरुमा भने सबै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरि न्यौपानेले ८०० मत प्राप्त गरेका थिए । यसैगरी, दमक २ मा एमालेका प्रजापति सापकोटासहित प्यानलै विजयी भएको छ । बिहान ४ बजे सार्वजनिक भएको वडाको नतिजाअनुसार सापकोटाले एक हजार १५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *