ओलीले भने, भारतले एकतर्फी बनाएको बाँध हटाउनु पर्छ

काठमाडौ ६ भदौ- संसदको मंगलबारको समयमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणबारे प्रमुुख प्रपिपक्षीसँग छलफल नगर्नु र संसदलाई पनि कुनै जानकारी नगराउनु दुखद भएको बताएका छन् । उनले अरुलाई गन्न पर्दैन भन्ने भाव नराख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संसदबाटै प्रधानमन्त्री देउवालाई आसन्न भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डाहरुबारे सुझाव दिएका छन् ।हालै मात्र आएको बाढी तथा डुबानले तराई मधेसमा ठूलो क्षति पुर्‍याएको भन्दै उनले भने, ‘अन्तर्राष्ट्रिय कानुन विपरित र नेपालको समेत सहमति नलिएर एकलौटी ढंगले सीमानामा बाँध बाँधिएको छ । यसको समस्याको समाधानको प्रस्ताव के छ ? नेपाली जनता सुन्न चाहन्छन् तर सरकार बोलिरहेको छैन ।’

ओलीले अघि भने, ‘म भन्न चाहन्छु, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुराकानी गर्नुपर्छ । नेपालको अहित हुने गरी एकतर्फी रुपमा बनेका बाँधहरु बाँधहरु हटाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *