ककनीको फोहर ओखरपौवा ल्याण्डफिल साईटमा

विचारी चाम्लिङ्ग- नुवाकोट २४ असार
सुन्दर नगरी पर्यटकिय स्थल ककनीबाट लगभग ४० टन फोहर हटाईएको छ ।बजारमा थुप्रिएर रहेको फोहरको डङ्गुरलाई ओखरपौवा ल्याण्ड साईटमा व्यवस्थापन गरिएको हो ।

बजारलाई स्वच्छ,सुन्दर,हराभरा र हरियाली गाउँपालिका अन्तरगत वडा नम्बर ५ का सफाई अभियान अन्तरगत त्यहाँका क्रियाशील होटेल व्यवसायीहरु स्थानिय संघ-संस्था बुद्धिजीवी सशत्र प्रहरी,जनपथ प्रहरी,नेपाल स्काउट र सर्वसाधारणहरुको संयुक्त पहलमा त्यहाँका फोहर मैला हटाईएको हो ।

ककनी बजारमा बढ्दै गईरहेको फोहर मैला नियन्त्रणका लागी स्वच्छ, सफा, सुन्दर हरियाली गाउँपालिका अभियानमा होमिएको फोहर मैला व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार लामाले पत्रकारलाई बताए ।

ककनी बजारबाट निस्किएको फोहरहरुलाई व्यवस्थापन गर्नका लागी ल्याण्डफिल साईटको अभावमा स्थानिय र होटेल व्यवसायीहरुले आ-आफ्नो ढंगबाट फोहर व्यवस्थापन आ-आफ्नो घरमा गर्दै आईरहेका थिए भने कोही-कोहीले सडकका पेटिहरुमा र कसैले खोल्सा खोल्सीहरुमा फाल्दै आईरहेका थिए ।

उक्त स्थानहरुमा जम्मा भएका वियर र कोकका बोतलहरु, प्लास्टिक,फुटेका सिसाहरु, धातुका टुक्राहरु सिमेण्टका पुराना बोराहरू,फ्रुटी,चाउचाउ र बिस्कुटका खोलहरु लगायत फोहर मैलाहरुको डङ्गुर हटाईएको हो । ककनीमा प्राय होटेल व्यवसायीहरुको संख्या बढि भएकोले पनि त्यहाँ फोहरको मात्रा दिनानुदिन बढ्दै गईरहेको छ ।

त्यसको उचित व्यवस्थापन गर्न नसकेमा यसले निकट भविष्यमा विकराल रुप लिन सक्ने न्यु हिमालय रिसोर्टका संचालक कुमार लामाले बताए ।

ककनीमा साना ठूला गरि कति होटेलहरु छन् त ?
तारा गाउँ रिसोर्ट (सरकारी)
न्यु हिमालय रिसोर्ट
ककनी माउटेन भ्यु प्रा.ली.
युनिक गेस्ट हाउस
ककनी खाजा घर
लामा गेस्ट हाउस
फेमिली गेस्ट हाउस
प्रिन्स होटेल
शिला खाजा घर
लांगटाङ्ग होटेल
होटेल ककनी
टि स्पट र थुप्रै खाना खाजा घरहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *