ककनीमा “मोर जब,बेटर लिभ्स” भन्ने मूल नाराका साथ अर्गानिक स्ट्राबेरी उत्पादन शुरु

बिचारी चाम्लिङ्ग-फागुन १७ ककनी,मोर जब, बेटर लिभ्स भन्ने मूल नाराका साथ जिल्लाको ककनीस्थित अर्गानिक स्ट्राबेरी उत्पादन शुरु भएको छ ।

nuwakot krishi (1)
नुवाकोटमा संचालन भईरहेको आवर कृषि फार्म

जापानीज नागरिक युचि यामा र नोनामी यामाले २०७२ को भुकम्पपछि धेरै नेपालीहरुको दर्दनाक स्थिति देखेर उनीहरुलाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यले हिम्बेरी जातको स्ट्राबेरी खेतीको शुरुवात गरेका हुन् । नुवाकोट जिल्लाको ककनी एरियाका दश हजार कृर्षकहरुलाई रोजगारी र स्वाबलम्बि बनाउने उद्देश्यले शुरुवात गरिएको हो ।

आवर फार्म नेपाल प्रा.लिले शुरुमा ४३ वटा टनेलबाट स्ट्राबेरी फार्म संचालनमा ल्याएको छ भने, १२ वटा टनेल थप्ने योजना रहेको बताईएको छ । यस्ता खाले कृषि कार्यको थालनी नेपालबाट गर्ने र विश्व भरिको एक लाख व्यक्तिहरुलाई रोजगारी दिने उक्त कम्पनीको उद्देश्य रहेको छ ।

nuwakot bajar
नुवाकोट

राज्यले त्यस क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेका काराण पनि कृषिका धेरै भन्दा धेरै सम्भावना बढिरहेको अवस्थामा त्यहाँका कृषकहरुको जीवन स्तर उठ्ने प्रवल सम्भावना रहेको छ । एक व्यक्ति वा एक कम्पनिले यसरि रोजगारी दिने ईच्छा शक्ति राख्यो भने,संसारमा रहेका सबै धनि व्यक्ति कम्पनिहरुले आवर फारमको अनुशरण मात्र गरे संसारमा कोहि बेरोजगार नरहने निश्चित छ । उक्त स्टाबेरी खेती इजरायल प्रविघि, सिंचाई थोपा, धारा, अत्याधुनिक ग्रिन हाउस र जापानी बिउबाट अत्याधिक अर्गानिक स्टाबेरी उत्पादन भैरहेका छन् । शिब कुमार लामा जस्ता अगुवा कृषकलाई आवर फार्मले परिचालन गरि त्याँहाका जनताहरुको जीवन स्तर उठाउन गरिएको प्रयास सह्रानीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *