कक्षा १२ को विज्ञान समूहको परीक्षाफल सार्वजनिक

काठमाडौं, २० साउन– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान समूहको परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको परीक्षाफल अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाखमा सञ्चालित परीक्षामा विज्ञान समूहका ४४ हजार ८ सय ९७ परीक्षार्थी सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित नतिजाअनुसार १७ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै यो वर्ष आंशिकमा सम्मिलित ९ हजार ४ सय ८९ जनामध्ये ४ हजार १ सय ३७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । आंशिक परीक्षार्थीमध्ये ३ जनाको परीक्षाफल रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *