कतारमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर कलाकार स्वदेश फिर्ता, रूपकुमार राईलाई किरायाद्वारा सम्मान

rupkumarपौष १८ काठमाडौ, कतारमा सांगीतिक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर कलाकारहरुको जम्बो टोली नेपाल फर्किएका छन् । आई बोस ग्लोबल कम्पनी दोहा कतारले नयाँ बर्षको स्वागतार्थ आयोजना गरेको न्यू ईयर वेलकम नाइट कार्यक्रमको लागि नेपाली कलाकारहरुको जम्बो टोली कतार पुगेका थिए ।

कार्यक्रमको लागि कतार पुग्ने कलाकारहरुमा गायक रूप कुमार राई, गायक प्रमोद खरेल,गायिका/मोडल ज्योति मगर,निर्देशक/मोडल शंकर वीसी,लोकगायक पशुपति शर्मा,गायिका सहिमा श्रेष्ठ,कोपिला गुरुङ, मोडल रश्मी तामाङ, सुरजनी केसी, स्मृति तिमिल्सिना, हाँस्य कलाकार जितु नेपाल रहेका थिए । एशियन टाउन सनैयामा कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भएको थियो ।

कलाकारहरुको नेतृत्व गर्दै कतार पुगेका गायक रूपकुमार राईलाई कतारस्थित किरात राई यायोक्खाले सम्मान पनि गरेको थियो । किरात राई यायोक्खाको अध्यक्ष लोक बहादुर राई र प्रमुख सल्लाहकार अमृत राईले मायाको चिनो दिएर गायक रूपकुमार राईलाई सम्मान गरेको थियो । कार्यक्रममा गायक रूपकुमार राईले थामी राख्नु है छोरा आफ्नो थलोकिलो भन्ने किराती सांस्कृतिक गीत गाएर सम्मान कार्यक्रममा आत्मीयता साट्नुका साथै विभिन्न कारणले आफ्नो थातथलो छोडेर परदेशिएका परदेशी या बसाईं सरेकाहरुको गीत मार्फत आफ्नो जन्मथलोको स्मरण गराएका थिए ।

One thought on “कतारमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर कलाकार स्वदेश फिर्ता, रूपकुमार राईलाई किरायाद्वारा सम्मान

Leave a Reply to sumitra Cancel reply

Your email address will not be published. Required fields are marked *