कबि नदीशको कबिता संग्रह “हाँगामा झुण्डिएको आत्मकथा”को बिमोचन

hangama jhundiyeko atmakatha (1)काठमाडौ २ बैशाख, कबि नदीशको कबिता संग्रह “हाँगामा झुण्डिएको आत्मकथा”को बिमोचन गरिएको छ । काठमाडौको बतिसपुतलीस्थित शिल्पी थियटरमा बरिष्ठ कबि एवं संस्कृतीविद तुलसी दिवसको प्रमुख आतिथ्यमा उक्त कबिता संग्रहको बिमोचन गरिएको हो । कबि नादीश कम्प्युटर सफ्टवेर ईञ्जिनिएरको रुपमा अमेरिकामा कार्यरत छन् । कबि नदीशलाई “तपाईको साहित्यिक नाम नदीश तर तपाईको वास्तविक नाम चाहि के हो” भन्ने सूचना खबरको प्रश्नमा “कविको नाम हुदैन, मेरो नाम नै नदीश भनेर” जवाफ दिएका थिए ।

कार्यक्रममा कबिता संग्रह भित्रका कविताहरुको टिप्पणी गर्दै, टिप्पणीकार गुरुङ सुशान्ताले “कबि धेरै कबिता लेखेर कबि भईन्दैन, कबि हुनलाई एउटै कविताले काफी हुन्छ तर कबिता लेख्दा भावमा डुबेर कविता पढ्ने सुन्नेहरुलाई प्रभाव पार्ने किसिमको हुनु पर्छ । यो कबिता संग्रह भित्रका कविताहरुलाई हेर्दा कहिँ कतै केहि नमिलेको जस्तो कतै भ्वांग परे जस्तो भान हुन्छ । सुरु सुरुमा कबिता लेख्दा यस्तै हो,तर कबिता लेख्दै जादा त्यो आफैलाई पछि थाहा हुन्छ । कविको आउने कविताहरु पक्कै पनि यो कबिता संग्रह भित्रका कमि कमजोरीहरुलाई सुधारेर कबिता संग्रह ल्याउनु नै हुने छ” भन्दै कबि नदीशलाई शुभकामना दिए ।

यस्तै कार्यक्रममा बोल्दै बरिष्ठ कबि तथा संस्कृतीविद तुलसी दिवसले  भने,कबिता कसैको लागी लेख्ने हैन, एउटाले लेखेको कबिता अर्कोलाई मन पर्नु पर्छ भन्ने पनि छैन । एउटाले लेख्छ, अनि समीक्षकले भन्छ, यो कवितामा यहाँनेर यो मिलेन, यसो गरेको भए हुन्थ्यो भनेर गल्ति औल्याउछ । त्यति भन्नेले आफै कबिता लेख्नु नि भनेर” अगाडिका वक्ता गुरुङ सुशान्तको टिप्पणीलाई खण्डन गरे । कबि तुलसी दिवसले अगाडि थपे,”कबिता तालि र गालीको लागि लेख्ने हैन, कविताको परिभाषा पढेर कबिता लेख्ने हैन, कबिता लेखेर परिभाषा दिने हो । कबिता जहिल्यै पनि ज्ञातबाट अज्ञात तिर जान्छ । कवितामा कबि भाई, कबि दाई, कबि बाबा, कबि आमा भन्ने हुदैन । कबि भाई भनेर बोलाउनु नै हाम्रो गल्ति हो । कबिता लेख्ने सबै समान हुन्छन्” भने । कबि तुलसी दिवसले विमोचित कबिता संग्रह भित्रका कविताहरुलाई केलाउनु भन्दा राजनीतिक पारामा आफ्ना भनाईहरु राख्दै कबि नदीशको कविताहरु सबै उत्कृष्ट रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै ज्योति जंगलले कविताहरु उत्कृष्ट रहेको बताईन । कार्यक्रममा प्रतिमा पाठक,नवराज पराजुली र “हाँगामा झुण्डिएको आत्मकथा”का  सर्जक नादीशले आ-आफ्ना कबिता वाचन गरेका थिए । “हाँगामा झुण्डिएको आत्मकथा” कबिता संग्रह भित्रका कबिताहरु के कस्ता छन् ? कार्यक्रमको हलबाहिर बिक्रीमा राखिएको भएपनि, त्यो सूचना खबरका पत्रकारले नियाल्न सकेन । कार्यक्रम अलग आर्ट अभियानको आयोजना र अलग आर्ट अभियानको अध्यक्ष मण्डल साम्पाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन गीतकार एवं कबि नाकिमा नाकिमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *