कमल थापाले हपारेपछि,पार्टी छोड्ने रेखाको चेतावनी

काठमाडौँ १ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा नराम्रो संग पराजय भोगेपछि पार्टी भित्र आन्तरिक द्वन्द चर्किएको छ । पार्टी भित्रका कमल थापा समूहले पशुपति समशेर राणा र लोकेन्द्र बहादुर चन्द समूह हारको कारण भएको बताइरहेको छ भने राणा र चन्दा समूहले अध्यक्ष थापाको मनपरीतन्त्र हारको कारण भएको बताइरहेको छ । राणाले विज्ञप्ति निकालेरै आफ्नो असन्तुष्टि सार्वजनिक गरिसकेका छन् ।

चुनावको केही समयअघि सम्पन्न एकता महाधिवेशनमा चर्चित नायीका रेखा थापा र गायीका कोमल ओलीलाई पार्टीमा भित्र्याएका थिए । रेखा र कोमलले ठाउँ-ठाउँमा गएर मतदातालाई राप्रपालाई मतदान गर्न आह्वान गर्ने र त्यही अनुसार राप्रपाले जित्ने आशा अध्यक्ष थापाले गरेका थिए । स्रोतका अनुसार अध्यक्ष कमल थापाले रेखाले चुनाव प्रचारमा नलागेको आरोप लगाएका छन् । अध्यक्ष थापाले “तपाईँसँग ठूलो अपेक्षा गरेको थिएँ तर धोका दिनुभो” भन्दै रेखालाई बोलाएरै हपारेको स्रोतको दाबी छ । रेखाले आफू व्यस्त भएका कारण चुनावका सबै कार्यक्रममा सहभागी हुन नसकेको स्वीकार गर्दै अन्य सहयोग भने सक्दो गरेको जवाफ दिएकी थिइन् ।

अध्यक्ष थापाले हकारेपछि रेखाले आफू निकट पार्टीका केही नेताहरुसँग कोमल ओलीले आफ्नो बारेमा अध्यक्षलाई कुरा लगाएको आरोप लगाएकी छन् । पछिल्लो चरणमा रेखा र कोमल ओलीबीचको सम्बन्ध पनि औपचारिकतामै सिमित भएको बताइएको छ । आफूविरुद्धका षड्न्त्र जारी रहे राप्रपामा बस्न नसक्ने भन्दै रेखाले पार्टीबाट राजिनामा दिने चेतावनी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *