कलाको ईशारामा एलिशा राईले भेटिन भीमफेदी गाईज

काठमाडौ १८ असार- चर्चित गायिका कला राईको “ईशारा” बोलको गीत सार्वजनिक भएको छ । खोटाङ्ग र भोजपुर तिर गाउने लोपुन्मुख टिपिकल लोक भाकालाई संगीतकार शिव संगमको शब्द र संगीतमा गायिका कला राईले बजारमा ल्याएकी हुन् । यो गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल एलिशा राई र भिम फेदी गाईजको प्रस्तुती रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको उक्त भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र देबजंग थापाले निर्देशन गरेका छन् ।

“ईशारा” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *