कला क्षेत्रमा दु:ख भएपनि आफुलाइ यसैमा रमाइलो छ : लक्ष्मी लामा

काठमाडौ – नेपाली कला आकाशमा लक्ष्मी लामा खास नाम हो । सानै उमेरदेखि यो क्षेत्रमा रुचि राख्ने लामा अहिले यो क्षेत्रमा दु:ख गर्दैछिन् । घमण्ड नगर्ने र सालिन स्वभाव भएकोले सबको मन जित्न सफल पनि छिन् ।

धेरै सर्ट मुभी र म्युजिक भिडियोमा अभिनय गरेकी लामा हाल म्युजिक भिडियो र सिरियलमा समय दिरहेकी छन् । पत्रिकामा छापिएको बिज्ञापन पढेर अडिसन दिएर पास भएकी उनी निरन्तर यो क्षेत्रमा सक्रिय छन् ।

पुर्बी नेपालको फिदिममा जन्मेकी लक्ष्मी भन्छिन् अनुहार होइन कला हुनुपर्छ । घमण्ड होइन सिर्जना हुनुपर्छ । अनुहार मात्र सबै थोक होइन ।
कला क्षेत्रमा दु:ख भएपनि आफुलाइ यसैमा रमाइलो लाग्ने लक्ष्मीको तर्क छ । अभियनमा मात्र नभई शरिरिक सुन्दरताले समेत साथ दिएकोले उनी सबैको रोजाइमा छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *