कांग्रेस चुनावसँग डराउँदैन, जसले जिते पनि मुलुकले जित्छ : सुजाता कोइराला

काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफ्नो पार्टीले जिते पनि वा हारे पनि कुनै अर्थ नहुने भन्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न भए मुलुकले जित्ने बताएकी छिन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले कोईराला निवास मण्डिखा टारमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘एमाले–माओवादी केन्द्रको वाम गठबन्धन सँग हामी डराउँदैनौं, हाम्रो पार्टीले जिते पनि÷हारे पनि मुलुकलाई जिताउनुपर्छ,गिरिजाबाबु आज हुनुहुन्न उहाँले पनि ०६४ सालमा आफ्नो पार्टीको कुनै प्रवाह नगरी चुनाव गराउनु भएको थियो, अहिले पनि चुनाव समयमै हुनुपर्छ, हुन्छ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोली सँग उनले चुनाव भएपछि मुलुकमा लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धि हाँसिल हुने विश्वास दिलाईन् । उनले निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग पुर्याउनुपर्ने विश्वास दिलाईन् ।

त्यस्तै उनले फरक प्रसँगमा पत्रकार ऋषिधमलालाई आफ्नो पार्टीले अब चुनाव उठाउनुपर्ने भन्दै सोहीअनुसार तयारी गर्न समेत आग्रह गरिन् । उनले भनिन्,‘ऋषिजीलाई पूरै जनताले साथ दिनेछन् , ऋषिजी पनि जितेर आउनुहोस् मेरो शुभकामना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *