कांग्रेस पहिलो दल बनेर सरकारको नेतृत्वलिने महामन्त्री शशांक कोइरालाको दाबी

काठमाण्डौ,११ मंसिर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले यस पटकको चुनावमा कांग्रेस पहिलो दलबन्ने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दलबन्ने बताएका छन् ।
यस पटकको चुनावमा कांग्रेस एकतावद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टी भित्र एकताको सन्देश दिन सफल भएको जिकिर गरे ।
पार्टी भित्र एकताको सन्देश गएकाले पनि आफ्ना उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ ।

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबीगर्दै कोइरालाले चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्न सक्ने बताए । उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढि रहेको बताएका छन् ।
प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै कोइरालाले प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइने बताए ।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बनेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ । उनले जिल्लामा अन्तराष्ट्रिय रंगशाला बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *