कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानललाई हराउदै रुकुममा एमाओवादीको विजय

काठमाडौ ३ जेठ- रूकुमको त्रिवेणी गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएको छ । माअोवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३९५८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनक प्रतिद्वन्दी देवकुमार वलीले २६६३ मत प्रप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि माअोवादी केन्द्र कै निर्मला विष्ट खड्का विजयी भएकी छन् । उनले ३९८० मत प्रप्त गरिन । निर्मलाकी प्रतिद्वन्दी देवी पुनले २६५२ मत प्रप्त गरेकी छन् ।

रूकुमका चुनाव भएका ६ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाफिकाेट गाउँपालिका पनि माअोवादी केन्द्रले  जितेको छ । अन्य २ स्थानीय तह चाैरजहारी र अाठवीस नगरपालिकामा पनि माअोवादी केन्द्रले अग्रता लिएको छ ।

रुकुमको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस र एमालेको सयुंक्त प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्रका धर्मबहादुर केसी अध्यक्षमा विजयी भएका हुन् । केसीले ३ हजार ५६४ मत ल्याए भने कांग्रेस र नेकपा एमालेका सयुंक्त प्यानलका जनककुमार वाँठाले २ हजार ८१३ मत ल्याएका छन् । बाँफिको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै  मनकला पुन विजयी भएकी छन् । पुनले ३ हजार ५७९ मत ल्याइन भने कांग्रेस एमालेको सयुंक्त प्यानलकी व्युझना पुन देवकोटाले २ हजार १०२ मत प्राप्त गरिन् ।

यसैगरी,चौरजहारी रुकुममा पनि माओवादी केन्द्र अगाडी रहेको छ ।अहिले यो न्युज तयार पार्दा सम्मको अवस्थामा एमाओवादीका विशाल शर्मा १२०५ मत ल्याएर अगाडी रहेका छन् । उनलाई पछ्याउदै एमालेका शेरबहादुर केसीले ८०६मत ल्याउदै छन् । मत गणना जारीरहेको छ ।

त्यसैगरी मुसिकोट नगरपालिका रुकुममा पनि एमाओवादी अगाडी रहेको छ । एमाओवादीका देवीलाल गौतम ४३४० मत ल्याएर विजयी भएका  छन् । यस्तै आठ बिसकोट नगरपालिका रुकुममा पनि एमाओवादीका गोरख  बहादुर केसी ५८१ मत ल्याएर सबै भन्दा अगाडी छन् भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका धिरेन्द्र बटालाले ११८ मत ल्याएका छन् ।

रुकुमकै सानी भेरी गाउँपालिकामा पनि, एमाओवादीकै नरबहादुर पुन ४६५० मत ल्याएर विजयी भएका छन् ।      नेकपा माओवादी केन्द्रकै  ४६६१ उपमेयरमा इन्दिरा वली विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *