कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सहमत

फागुन ७ काठमाडौ,कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने नयाँ समझदारी भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाका साथमा माओवादी र कांग्रेसका शीर्ष नेताबीच आइतबार बालुवाटारमा भएको छलफलमा निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने सहमति भएको हो।

कांग्रेस र माओवादीबीच समझदारी भएपछि अब निर्वाचनको विषयमा छलफल गर्न मधेशकेन्द्रित दलका नेतासँग पुन छलफल गर्ने समझदारी भएको छ ।

स्रोतको अनुसार तराईमा जनसंख्या र पहाडमा भूगोलको आधारमा क्षेत्र निर्माण गर्ने बारेमा पनि छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिदैँ आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *