काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दीइएको सम्बन्धमा खनियाँ माथि सोधपुछ

काठमाडौ ६ भदौ- डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको अनुगमन गर्न गठित समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई सोधपुछका लागि बोलाएको छ।

त्रिविले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि समितिले उपकुलपति खनियाँलाई सोधपुछका लागि बोलाएको हो। समितिले काठमाडौं नेसनलका विषयमा सर्वोच्च अदालतका दुवै फैसला अध्ययन गरेपछि त्रिविले कानुन मिचेको ठहर गरेको छ।

त्रिविका प्राध्यापक कपिल श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन समितिमा अधिवक्ता ज्योति बानियाँ, शिक्षा मन्त्रालयका सहसचिव तुलसी थपलिया र चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का एसोसिएट डिन डा शरद वन्त सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *