काठमाडौको नाम परिवर्तन भयो (एक भिडियो सहित)

फागुन १३ काठमाडौ, काठमाडौ यतिबेला धुलै धुलोको शहर बनेको छ । काठै काठले बनेको शहरको परिचय बोकेको काठमाडौको नाम अहिले धुलै धुलोको शहर भएको छ । यसको समाधानको निम्ति सरोकारवालाहरु आँखामा पट्टि बाधेर बसेका छन् ।

सडक बिस्तारको क्रममा रहेको काठमाडौ चक्रपथको कोटेश्वर सातदोबाटो हुदै कलङ्की सडक खण्डमा यति धुलो उड्छकि, त्यसको कुनै लेखाजोखा नै छैन । सडक बिस्तार संगै साघुरिएको सडकमा सवारीको जाम बढेपछि, मुख्य सडकको दायाँ बायाँ निर्माणकै क्रममा रहेको सडक बाटै मोटर साइकल, मालबाहक ट्रक र अन्य सवारी कुदाई दिदा अत्याधिक धुलो उड्ने गर्दछ ।

निर्माण हुदै गरेको सडकमा यसरि सवारी कुदाइ दिदा निर्माणाधीन सडक पनि भत्किने गरेको छ भने, स्थानियहरुको घरमा जम्मा भएको फोहोर पनि त्यहि निर्माणाधीन सडकमा ल्याएर फाल्ने गरिएको देखिन्छ । तर पनि सरोकारवालाहरुले कडाईको साथ् नियम कानुन लागू गर्न नसक्दा आज शहरको नाम नै फेरिएको छ ।

नेपालीहरुको यस्तो ब्यबहार देखेर सडक निर्माण गरिरहेका चाईनिजहरु पनि छक्क परेका छन् । यदि सरोकार वालाहरुले निर्माणाधीन सडकमा ट्याङ्कर बाटै भएपनि पानि छ्यापी दिने र निर्माण हुदै गरेको नयाँ सडकमा कुनै पनि सवारी कुदाउन कडाईको साथ बन्द गरे आज काठमाडौको नाम फेरिने थिएन पक्कै पनि ।

धुलै धुलो शहरको एक भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *