काठमाडौको विभिन्न बिद्यालयमा बम बिस्फोट गराउने पक्राउ

कार्तिक ५ काठमाडौ, काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सो पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई काभ्रेस्थित एक घरबाट प्रहरीले पक्राउ गरेको छ ।

गत असोज ४ गते काठमाडौं र ललितपुरका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराइएको थियो । घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो । ति क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका भ्रातृ संगठनहरू हुन् ।बम विष्फोटलगत्तै मिन देवकोटाले घटनाको जिम्मा लिएका थिए ।पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने प्रहरीको तयारी छ ।

माओवादी कम्युनिष्ट केन्द्र नेपाल अर्धभूमिगत समूह हो । यसको नेतृत्व देवेन्द्र सिंह (डिएस) महतले गरेका छन् । प्रहरीले महतको पनि खोजी भइरहेको जनाएको छ । माओवादी पूर्वलडाकुहरुलाई समेटेर महतले माओवादी केन्द्रसँग मिल्दोजुल्दो समूह बनाएर बम र चन्दा आतंक फैलाउँदै आएका छन् । यहि समूहले गत साउन ६ गते काठमाडौंको डल्लुमा एक विद्यालयको बस पनि जलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *