काठमाडौ महानगरपालिकाले सडकको खाल्डा-खुल्डि पुर्ने काम सुरु गर्यो, कालोपत्रे मंसिरको पहिलो सातादेखि

काठमाडौ, २२ कात्तिक- काठमाडौ महानगरपालिकाले काठमाडौ महानगरपालिका भित्रका सडकका खाल्डाखुल्टी पुर्ने काम शुरु गरेको छ । वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने भएकाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन् ।

अहिले नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको शाक्यले बताए । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको छ ।

रु ८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने बताईएको छ । कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न शुरु गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *