कान्छी तामाङलाई बेश्या धन्दा संचालन गरेको आरोपमा तीन वर्ष जेल सजाय

dilliभदौ २८ काठमाडौं । दिल्लीस्थित एक अदालतले बेश्यावृतिको लागि चर्चित जीबी रोडको रेडलाइट एरियामा रहेको एक वेश्यालय तरुन्त बन्द गर्न आदेश दिएको छ ।

अदालतले दिल्लीमा बस्दै आएकी एक नेपाली महिला ३६ वर्षीया कान्छी तामाङलाई बेश्या धन्दा संचालन गरेको आरोपमा तीन वर्ष जेल सजाय सुनाएको हो । नेपाली महिला कान्छीले जीबी रोडमा वेश्यालय चलाउँदै आएकी थिइन् । उनले बिभिन्न दलाल मार्फत नेपालबाट किशोरी र महिलाहरुलाई दिल्ली पुर्‍याउने र यौन धन्दामा लगाउने गरेको पाइएको छ ।

दिल्ली अदालतले कान्छी तामाङ माथि अनैतिक देहव्यापार कानुनको धारा ३ बमोजिम सजाय सुनाएको हो । वेश्यालय चलाउन वा आफ्नो घर डेरा परिसरलाई बेश्यालयका रुपमा प्रयोग गर्ने अनुमति दिनेमाथि भारतीय कानुनले ३ वर्ष सजायको व्यवस्था गरेको छ ।

कान्छी तामाङले जिबी रोडस्थित एक वेश्यालय कब्जा गरेर राखेको प्रहरीले जनाएको छ । अदालतले सो वेश्यालय तत्काल सिल गर्न प्रहरीलाई निर्देशन दिएको छ । शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले मंगलबारमात्रै दिल्लीस्थित शक्ति समूहको टोलीलाई वेश्यालयबाट उद्दार गरिएकी किशोरी हस्तान्तरण भएको खबर आए पनि वेश्यालय कुन थियो भन्ने पुष्टि नभएको बताइन् ।

उनले भनिन्-अदालतले बन्द गर्ने आदेश दिएकै बेश्यालयबाट उद्दार भएको हुन सक्छ,हामी विस्तृतमा बुझ्दैछौं । पछिल्लो समयमा जिबी रोडबाट उद्दार भएका बहिनीहरु हामीसम्म आइपुगेका छैनन् भनेर, अनलाइन खबरमा समाचार लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *