काम चलाउन बनेको सरकारले सरकारी नियुक्ति धमाधम गर्दै

काठमाडौं २५ मंसिर- निर्वाचन सम्पन्न भएपछाडि कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको हो ।

कामचालाउन बनेको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । निकिता पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् भने उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् ।

त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् ।

बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *