कार्टुन ब्यङ्ग्य चित्र हो यसले धेरै बोल्नुपर्ने कुराहरु छोटकरीमै बोलिदिन्छ : तुलसी बिन्दु

साहित्य लेखनमा ” तुलसी बिन्दु” कुनै नौलो नाम होइन ।विगत लामो समयदेखि साहित्य लेखनलाई निरन्तरता दिइरहनु भएको साहित्यकार बिन्दु हाल मलेसियामा कार्यरत हुनुहुन्छ । साहित्यकार तुलसी विन्दु “तप्कना” विधाका प्रवर्तक पनि हुनुहुन्छ । उहाँको ध्रुब तारा, धुवाँ, माया पिरती गरेर ३ वटा उपन्यास पनि प्रकाशित भईसकेको छ ।  मलेसियामा रहदा कोरिएको कार्टुनहरुको सङ्ग्रह ” बिन्दुवाण” भर्खरै सार्वजानिक गर्नुभएको उनै साहित्यकार तथा कार्टुनिस्ट तुलसी बिन्दु सङ्ग हाम्रा मलेसिया प्रतिनिधि किशोर पुमा राईले गरेको छोटो कुराकानी ।

बिन्दुवाणको बारेमा थप केहि जानकारी गराइदिनुन ।
बिन्दुवाण ब्यङ्ग्यात्मक चित्र हो सिधा भन्नुपर्दा कार्टुन।

कस्को प्रेरणाले कहिलेदेखि कार्टुन बनाउनु थाल्नुभयो?
सन् २००८ देखि मलेसियामा प्रकाशित हुने साप्ताहिक पत्रीकाहरुमा प्रकाशन गरेर, अलिक पछि “हाम्रो आवाज”पत्रीकाको सम्पादक विपिन राईले नियमित रुपमा कार्टुन उपलब्ध गराउनु भन्नुभएपछि अझै प्रेरणा मिल्यो । र हरेक हप्ता कार्टुन प्रकाशन गराउदै गएँ ।

कार्टुन कोरेर प्रकाशन गर्ने चाहाना कसरी उत्पन्न भयो?
कार्टुन मैले विभिन्न समयमा कोरेको हो यसलाई सङ्कलन गरेर देबेन्द्र सरले प्रकाशन गरिदिनुभएको हो।उहाँ प्रती आभारी छु ।

मलेसिया आउनुभएको कति भयो?
म सन् २००२ मा स्टुडेन्ट भिसामा सिङ्गापुर आएको थिएँ एजेन्टले ल्याएको हो पछि वर्किङ भिसा नलागेपछी मलेसिया आएको हु।

कार्टुन कोर्दा तपाइ प्राय कुन क्षेत्रलाइ आधार बनाउनुहुन्छ?
प्राय सबै क्षेत्रलाई नै ( समसामयिक )

तपाइको बिचारमा कार्टुन के हो?
कार्टुन ब्यङ्ग्य चित्र हो यसले धेरै बोल्नुपर्ने कुराहरु छोटकरीमै बोलिदिन्छ ।

तपाइको आगामी योजनाहरु के कस्ता छन् ?
मेरो रुचि मुख्यतः उपन्यास हो भविष्यमा समयले साथ दिए एउटा गीत र त्यस्को छायांकन पनि गर्ने सोचाइ छ ।

महत्वपुर्ण बिचार र समयको लागि यहालाइ धन्यवाद । अन्त्यमा केही भन्नू बाकि छ कि?
मेरो बिचारहरु मेरो सिर्जनाहरुलाइ दर्शक पाठकहरु समक्ष पुर्याउने महत्त्वपूर्ण अवसर दिनुभएकोमा यहाँ लगायत सूचना खबर प्रति आभारी छु । र कार्टुन संग्रह “विन्दुवाण”प्रकाशन गरि दिनुहुने देबेन्द्र खापुङ्गलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *